अमेरिकामा विश्व शान्तिको सन्देश बोकेर २३०० माइलको ऐतिहासिक पैदल यात्रा
बौद्ध भिक्षुहरूको “Walk For Peace” अभियान फेब्रुअरी १० मा वासिङ्टन डी.सी. पुग्दै
वासिङ्टन डीसी। विश्वभर बढ्दो द्वन्द्व, हिंसा र युद्धको सम्भावनाबीच शान्ति, करुणा र मानवताका पक्षमा एक ऐतिहासिक पहलका रूपमा बौद्ध भिक्षुहरूको “Walk For Peace” अभियान अमेरिकाको राजधानी वासिङ्टन डी.सी. पुग्न लागेको छ।
अमेरिकाको टेक्सस (Texas) राज्यबाट सुरु भएको यो पैदल शान्ति यात्रा लुजियाना (Louisiana), मिसिसिपी (Mississippi), अलाबामा (Alabama), जर्जिया (Georgia), साउथ क्यारोलाइना (South Carolina), नर्थ क्यारोलाइना (North Carolina) हुँदै भर्जिनिया (Virginia) पार गरेर फेब्रुअरी १० का दिन वासिङ्टन डी.सी. प्रवेश गर्ने तयारीमा रहेको छ।
करिब २३०० माइल लामो र लगभग १२० दिनको निरन्तर पैदल यात्रा पूरा गर्न लागेको यस टोलीमा १९ जना बौद्ध भिक्षुहरू सहभागी छन्। यो यात्राको विशेष आकर्षणका रूपमा भारत र नेपाल हुँदै उद्धार गरी ल्याइएको ‘अलौका’ नामक कुकुर पनि भिक्षुहरूसँगै यात्रा गरिरहेको छ, जसलाई शान्ति, करुणा र सहअस्तित्वको प्रतीकका रूपमा हेरिएको छ।
अभियानको उद्देश्य : व्यक्तिगत शान्तिबाट विश्व शान्तितर्फ
“Walk For Peace” अभियानको मूल उद्देश्य
-व्यक्तिगत शान्ति (Inner Peace) को अभ्यासमार्फत
-सामाजिक सद्भाव, करुणा र अहिंसाको सन्देश फैलाउँदै
-विश्व शान्ति (World Peace) को आवश्यकता स्मरण गराउनु हो।
विश्व पुनः युद्धतर्फ धकेलिँदै गएको वर्तमान परिस्थितिमा यो अभियानले मानव चेतनालाई शान्ति, विनम्रता र करुणातर्फ मोड्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। भिक्षुहरूले प्रत्येक राज्यमा पुगेर ध्यान, प्रवचन र अन्तरसंवादमार्फत शान्तिको सन्देश प्रवाह गरिरहेका छन्।
https://www.facebook.com/share/v/1FHPtBTHvh/
अमेरिकी समाजबाट अभूतपूर्व समर्थन
यो शान्ति यात्राले अमेरिकाभर हजारौँ अमेरिकी नागरिकहरूको अभूतपूर्व समर्थन पाएको छ।
-स्थानीय समुदायहरूले बाटोमा भिक्षुहरूको स्वागत
https://youtu.be/5iYmAa4khkA?si=qsVjwE-qYQ9CjQ6d
-खाना, आवास र आवश्यक सहयोग
-शान्ति सम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता
https://www.facebook.com/share/v/1D5ig68fQS/
प्रत्येक राज्यमा पुग्दा त्यहाँका गभर्नर, सिनेटर र कंग्रेस सदस्यहरूले शान्ति सम्बन्धी विशेष घोषणापत्र (Proclamation) जारी गरी भिक्षुहरूलाई सम्मान गर्दै आएका छन्।
https://www.facebook.com/share/v/1K1ML6yqja/
त्यसैगरी स्थानीय प्रहरी, सेरिफ र सुरक्षाकर्मीहरूले पूर्ण सम्मान र उच्चस्तरीय सुरक्षा प्रदान गर्दै यात्रालाई साथ दिइरहेका छन्।

यस अभियानलाई अमेरिकाको इतिहासमै शान्तिका लागि गरिएको एक नयाँ र ऐतिहासिक आयाम का रूपमा हेरिएको छ।

वासिङ्टन डी.सी. कार्यक्रम
-फेब्रुअरी १०
-बिहानै हजारौँ शान्तिप्रेमी नागरिकहरूको साथ भिक्षुहरूको वासिङ्टन डी.सी. प्रवेश- (प्रस्तावित लिङ्कन मेमोरियल – कन्फर्म हुन बाँकी)
-दिनभरि शान्ति, करुणा र अहिंसासम्बन्धी विभिन्न कार्यक्रम, प्रवचन र अन्तरसंवाद
फेब्रुअरी ११ अपरान्न
-प्रेम र विनम्रता ध्यान (Love and Kindness Meditation) विषयक सामूहिक ध्यान कार्यक्रम
फेब्रुअरी १२
-सोही दिन भिक्षुहरू बसमार्फत टेक्ससस्थित आफ्नो आश्रम फर्कने विदाई कार्यक्रम
नेपाली नेतृत्वमा सफल संयोजन
यस ऐतिहासिक शान्ति यात्राको सम्पूर्ण संयोजन, व्यवस्थापन र मार्गदर्शन नेपालका बौद्ध धर्म तथा शान्ति अभियन्ता डा. निरज बज्राचार्यले सफलतापूर्वक गर्दै आउनु भएको छ।
https://www.facebook.com/share/v/1GBGxU25wZ/
नेपाली नेतृत्वमा विश्व शान्तिका लागि गरिएको यो अभियानले नेपाललाई पनि शान्ति र आध्यात्मिकताको भूमिका रूपमा विश्वमाझ चिनाउने विश्वास लिइएको छ।
थप जानकारी र सम्पर्क
यात्रासम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका लागि :
-Facebook Page: Walk For Peace
-Website: https://dhammacetiya.com/walk-for-peace/
यस अभियानलाई अमेरिकाका राष्ट्रिय तथा स्थानीय मिडियाहरूले प्राथमिकताका साथ कभरेज गरिरहेका छन्।
वासिङ्टन डी.सी. कार्यक्रम सम्बन्धी थप जानकारीका लागि सामाजिक अभियन्ता तथा मिडियाकर्मी कविन्द्र सिटौला📞 सम्पर्क : 571-259-3984








डिसी नेपाल






Facebook Comment