पहिरोमा पुरिएर एक बालकको मृत्यु, ९ लाख बराबरको धनमाल नस्ट
फाइल फाेटाे
काठमाडौं । बुधबार आएको छुट्टा छुट्टै पहिरोमा परी एकजनाको ज्यान गएको छ भने एउटा घर भत्किदा करिब ९ लाख बराबरको क्षति भएको छ।
काभ्रेमा अविरल बर्षाको कारण आएको पहिरोमा पुरिएर पाँचखाल नगरपालिका ४ फेदी होटल पसल गरी बस्ने मण्डनदेउपुर नगरपालिका ११ घर भएका टेक बहादुर लामाको ४ वर्षीय छोरा सजन लामाको बुधबार बिहान मृत्यु भएको छ।
त्यस्तै बुधबार नै सुनसरी जिल्लामा २÷३ दिनदेखि परेको अविरल बर्षाको कारणले बुधबार बिहान पहिरो आई धरान उपमहानगरपालिका ४ निसाने बस्ने राम प्रसाद राईको घर भत्किँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
पहिरो आएको स्थानमा खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment