पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिसी नेपाल
४ फागुन २०८२ ६:३६
2.2k
Shares

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य बढेको छ। नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५६ रूपैयाँ कायम भएको छ।

त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १ सय ५५ रूपैयाँ तय गरिएको छ।

चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ। यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४२ रूपैयाँ कायम भएको निगमले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.