देश छाडेर भाग्न खोज्दा भ्रष्टाचार आरोपी पूर्वमन्त्री पक्राउ
काठमाडौं । युक्रेनी अधिकारीहरूले पूर्व ऊर्जामन्त्रीलाई देश छोड्न खोज्दा पक्राउ गरिएको जानकारी दिएका छन्।
गत वर्ष, पूर्व ऊर्जामन्त्री जर्मन ह्लुश्चेन्को भ्रष्टाचार काण्डमा फसेका थिए र पछि उनलाई उनको पदबाट हटाइएको थियो।
हलुश्चेन्को युक्रेनबाट छुट्ने रेलमा समातिएका थिए, यद्यपि उनी कुन देशको यात्रा गरिरहेका थिए भन्ने कुरा स्पष्ट छैन।
नोभेम्बरमा प्रकाशमा आएको लगभग १०० मिलियन डलरको कथित घोटालामा उनको नाम आएको थियो।
यो काण्डले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको प्रशासनलाई पनि घेर्ने डर पैदा गरेको छ। जेलेन्स्की रुससँग युद्ध सुरु हुनुभन्दा अगाडि भ्रष्टाचार उन्मूलन गर्ने वाचा गर्दै सत्तामा आएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment