घाइते चितुवा मर्‍यो

डिसी नेपाल
४ फागुन २०८२ २२:०१
184
Shares

अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका-३ मा पासोमा परी घाइते भएको चितुवा मरेको छ।

गाउँपालिका–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरी वन कार्यालय अर्घाखाँचीमा लगिएको थियो। उपचारको क्रममा आज दिउँसो पोथी माउ चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए।

चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन्। गए रातिदेखि पासोमा परेर घाइते चितुवाको आजै उद्धार गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.