पूर्वमन्त्री उपाध्याय कांग्रेसको साधारण सदस्यसमेर नरहने गरी निष्काशित
काठमाडौं । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध आफ्ना छोरालाई बागी उम्मेदवार बनाएका पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्याय पार्टीबाट निकालिएका छन् ।
नेपाली कांग्रेसले पार्टीको आधिकारिक निर्णय उल्लंघन गरेको आरोपमा उपाध्यायका बाबु-छोरासहित १९ जनालाई अनुशासनको कारवाही गर्दै पार्टीबाट निकालेको हो।
उपाध्यायका छोरा आशिष शर्मा कपिलवस्तु- १ मा बागी उम्मेदवार बनेका छन् । पार्टीले शर्मालाई बागी उम्मेदवार बनाउने काममा सक्रिय रहेर पार्टीको निर्णय नमालेको भन्दै १९ जनालाई पाँच वर्षका लागि पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।
तौलिहवामा बसेको जिल्ला कार्य समितिको बैठकले अनुशासन समितिको सिफारिसका आधारमा कारबाही गरेको हो। आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेको र समर्थन गरेको आरोपमा कारबाही गरिएको जनाइएको छ। निर्णय अनुमोदनका लागि प्रदेश र केन्द्रीय अनुशासन समितिमा पठाइने भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment