काठमाडौंबाट तीन जना पक्राउ

डिसी नेपाल
६ फागुन २०८२ १३:४८
6.3k
Shares

काठमाडौं। प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं महानगरपालिका-३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका-२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, “पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै रु तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो।”

पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *