सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षाको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने

डिसी नेपाल
६ फागुन २०८२ १५:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब सुदूरपिश्चमको मुद्दालाई र अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम बन्द गरिने उद्घोष गरेका छन्। बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपिश्चमको कुशासन, वेतिथि, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गर्ने प्रतिबद्धता जनाए।

उनले मन पत्रमा छाप लागिसकेको बताउँदै फागुन २१ मतपत्रमा छाप लगाउन मात्र बाँकी रहेको दाबी गरे। उनले भने,‘मतपत्रमा छाप लगाउने त २१ गते हो। तर मन पत्रमा छाप लागिसकेको छ। जनताको मुद्दालाई सुदूरपिश्चमको मुद्दालाई र अधिकारलाई माग बनाएर वर्षौसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। कुशासन ,वेतिथि ,बेरोजगारी र अशिक्षा सबैको सटर बन्द गरेर २१ गते इतिहास रच्ने हो भोट हाल्ने होइन।’

त्यस्तै उनले रास्वपाले राजनीति विसंगति र विकृति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बलड्यांग्रे अक्षरले लेख्ने युगको अन्त्य गर्ने बताए। जनतालाई नेताले बाचा दिने अनि सजाय भोट दिने जनताले पाउँने अवस्था रहेको बताउँदै सभापति लामिछानेले अब बाचा गर्ने तर पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने धाणा राखे।

उनले भने, ‘रास्वपाले राजनीति विसंगति र विकृति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बलड्यांग्रे अक्षरले लेख्ने युगको अन्त्य गर्छ। जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका हौँ। जनताले भोट दिने,जनतालाई नेताले बाचा दिने अनि सजाय भोट दिने जनताले पाउँने ? अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ। अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकारको अपेक्षा गरेका हौं।’

उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे। यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने बताए। उनले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.