बालेनको युट्युब च्यानलबाट पाँडेको फिल्म रिलिज
काठमाडौं । चलचित्र झरीपछिको इन्द्रेणी युट्युबमा रिलिज भएको छ । हास्य कलाकारको रूपमा स्थापित अर्जुन घिमिरे (पाँडे) को निर्देशन रहेको यो फिल्म राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको हो ।
फिल्म २ महिनाअघि मात्रै हलमा रिलिज भएको थियो । गत पुस ४ गते रिलिज भएको यो फिल्म हलबाट उत्रेको केही दिनमै युट्युबमा रिलिज गरिएको हो । ५१ दिन मनाएको यस फिल्मले सिनेमा बक्सअफिसमा भने १ करोड २८ लाख मात्रै कलेक्सन गर्न सफल भएको छ। यस फिल्मका लागि मेयर बालेन शाहले र्याप समेत गाएका थिए। साथै उनले फिल्मको प्रचारप्रसारमा समेत सहयोग गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment