दुर्घटनामा घाइते निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरी नेपालगन्ज लगिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका–२ का २१ वर्षीय धमेन्द्र रोकायालाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर–४ का ७० वर्षीय रत्न शाहीलाई समेत थप उपचारका सोही हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ।
सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जिप दुर्घटना भएको हो। उक्त दुर्घटनामा सात जना घाइते भएका थिए। प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार अन्य घाइते तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ की २१ वर्षीया माया नेपाली, तिला–२ का २१ वर्षीय पारस रावत, तातोपानी–३ की ४८ वर्षीया कुनी सुनार, तातोपानी–२ का जिप चालक लोकेश खड्का र निर्वाचन प्रहरी तिला–२ का टेकेन्द्र रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।







डिसी नेपाल







Facebook Comment