रौतहटमा टिपरको ठक्करबाट एक पैदलयात्री घाइते
रौतहट। रौतहटको माधवनारायण नगरपालिकामा टिपरको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएकी छन्।
आज दिउँसो अन्दाजी २ः२० बजेको समयमा माधवनारायण न.पा. ७ फूलवरीया टोलस्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको म. प्र.०३–००१ क. २८२५ नम्बरको टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट सोही स्थान बस्ने ३० वर्षीया ईन्द्रकला कुमारी घाइते भएकी छन्।
घाइते ईन्द्रकलाको तत्काल बागमति हस्पिटल, गंगापिपरामा प्राथमिक उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक रौतहटको वृन्दावन न.पा. ९ भुषहा बस्ने २७ वर्षीय मजिबुल हक लहेरी रहेका छन्। प्रहरीले चालक र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment