सिरहामा स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

डिसी नेपाल
८ फागुन २०८२ २२:२२

सिरहा। सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको रु १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। औरही गाउँपालिका—५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो।

पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका—३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई आज नियन्त्रणमा लिइएको हो।

बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका यादवलाई शङ्का लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो। सो क्रममा उनको साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कूल रु १४ लाख) फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले सो रकमको स्रोत खुलाउन माग गर्दा यादवले कुनै पनि वैध प्रमाण पेस गर्न सकेका थिएनन्। पक्राउ परेका यादवलाई थप कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.