कांग्रेस र रास्वपा कार्यकर्ताबीच कुटाकुट
काठमाडौं । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।
कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए ।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो।
सो क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो । कांग्रेसको भ्रातृ सङ्गठन तरुण दल र रास्वपाका कार्यकर्ताहरूबीच झडप उग्र बन्न लागेपछि सुरक्षामा खटिएको प्रहरीले बल प्रयोग गरेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment