टीकापुर नगरपालिकाको कार्यवाहक प्रमुखमा नगार्जी चयन

डिसी नेपाल
९ फागुन २०८२ १७:५५
68
Shares

धनगढी। कैलालीको टीकापुर नगरपालिकाले एक महिना पछि कार्यवाहक नगरप्रमुख पाएको छ। टीकापुर नगरपालिकाका निर्वाचित नगरप्रमुख रामलाल डगौंरा थारु नेपाली कम्यूनिष्ट पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए। प्रतिनिधि सभाको टिकट पाएपछि डगौंराले पदबाट राजीनामा दिएका थिए।

टीकापुरको उप प्रमुख खडक बहादुर शाही त्यस अघिनै भ्रष्ट्राचार मुद्धामा मुछिएर निलम्बन भएका थिए। शनिबार बसेको कार्यपालिका बैठकबाट नगार्जी कार्यवाहक प्रमुखमा चयन भएका हुन। बैठकका बहुमत सदस्यले नगार्जीलाई कार्यवाहक प्रमुखका रुपमा चयन गरेका थिए। नगरप्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि कार्यपालिका सदस्यहरुको निवेदनका आधारमा कार्यपालिका बैठक बोलाइएको र बैठकले कार्यवाहक नगरप्रमुख चयन गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए।

नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य निर्वाचित भएका नगार्जीलाई कार्यपालिकाको ज्येष्ठ सदस्यका आधारमा कार्यवाहक प्रमुख चयन गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११७ अनुसार नगार्जीलाई कार्यवाहक प्रमुखमा चयन गरिएको नगरपालिका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिए।

टीकापुर नगर कार्यपालिकामा रहेका १७ सदस्य मध्ये नौ जना सदस्यले नगार्जीलाई साथ दिएका छन्। यसमा पाँचजना नेपाली कांग्रेस दुई जना नागरिक उन्मुक्ति पार्टी एकजना तत्कालीन नेकपा माओवादी केन्द्र र एकजना एमालेका सदस्यले साथ दिएका छन्।

सदस्य निर्वाचित हुँदा दुईजना नागरिक उन्मुक्ति पार्टी र एकजना माओवादी केन्द्रका सदस्य भएपनि कार्यवाहक नगर प्रमुख चयन गर्दा उनीहरूले नेपाली कांग्रेसलाई साथ दिएका छन्। तत्कालीन नागरिक उन्मुक्ति पार्टी र केन्द्र अहिले नेपाली कम्युनिष्ट पार्टी भएको छ। नेपाली कम्युनिस्ट पार्टीका कार्यपालिका सदस्यहरु भने बैठकमा उपस्थित भएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.