झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली
बिर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन्। झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ।
आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए। कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाइने भन्दै उनले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन्।
सूर्य अंकित झण्डा एमालेको आन्दोलनको प्रतिक भएको भन्दै आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई छ भन्ने उनको प्रश्न छ। उनले भने,‘यस्तो अपमानपूर्ण काम स्वीकार्य छैन।’
रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको उनको भनाइ छ। रास्वपाले चुनाव नजित्ने भएपछि यो तहको हर्कतमा उत्रिएको ओलीको दावी छ। झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता स्पष्ट बनाएको छ। दाङमा झण्डा जलाएको घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको स्पष्ट पारे।
झापा क्षेत्र नम्बर ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौं जेनजीहरुलाई एमालेमा स्वागत गरेका छन्। राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले एमालेमा जेनजीहरुको उत्साहपूर्ण प्रवेशले थप उर्जा मिलेको बताएका छन्।







डिसी नेपाल







Facebook Comment