घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : ‘यस पटक जसरी पनि जित्छु’

डिसी नेपाल
१० फागुन २०८२ १३:५८
36
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आइतबार उनले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् ।

घरदैलो कार्यक्रमको क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मतदाताहरुको प्रतिक्रिया सकरात्मक आइरहेको बताए । विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, अन्य पार्टीका कार्यकर्ता तथा नेताले समेत आफ्नो कार्यक्रमहरु आयोजना गरिरहेको उनले जानकारी दिए ।

उनले भने,‘यस पटक मतदाताहरुको प्रतिक्रिया एकदमै सकरात्मक छ । हुन त हरेक पार्टीकाउम्मेदवारहरुले यही भन्नुहुन्छ होला, तर यो पटक विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, पार्टीका कार्यकर्ता तथा नेताले समेत मेरो कार्यक्रमहरु आयोजना गरिदिनु भएको छ ।’ उनले इमानदारी र सक्षमतालाई पूरानो राजनीतिले गाँजेर अपहरण गरेर राखेको बताउँदै त्यसबाट मतदाताहरु फुस्कने प्रयास गरिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.