सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

डिसी नेपाल
१० फागुन २०८२ २१:३४
16
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको छ।

निर्वाचन नजिकिँदै गर्दा एमालेले चुनावी अभियानका क्रममा छ लाख ६२ हजार सङ्गठित सदस्यलाई मतदातासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख मीनवहादुर शाहीले जानकारी दिए।

भर्चुअलभन्दा मतदातालाई प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टी नेतृत्वमा बनेको सरकारले गरेका राम्रो कामको प्रचार गरेर मत माग्न उम्मेदवार, पार्टी सदस्यलाई निर्देशन दिइएको उनले बताए।

‘भूगोलमा रहेका सबै सङ्गठित सदस्यलाई मतदातालाई प्रत्यक्ष भेटेर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिइएको छ’, प्रचार विभाग प्रमुख शाहीले भन‍े, ‘जुन सङ्गठित सदस्य जहाँ छन्, त्यहीका मतदातालाई भेटेर मत माग्न भनिएको छ।’

एमाले यसपटक चुनावीसभा नगरेर मतदातालाई प्रत्यक्ष भेटघाटका कार्यक्रमलाई प्राथमिकता दिएर चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.