सुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा

डिसी नेपाल
११ फागुन २०८२ ८:०४
76
Shares

सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वलाई लक्षित गर्दै सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदी र नायव महानिरीक्षक (डिआईजी) गोविन्द थपलिया जिल्ला प्रहरी कार्यालय मलङ्वामा अनुगमन तथा निरीक्षणका लागि पुगेका छन् ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, नक्साल काठमाडौंका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले सम्बन्धित कार्यालयको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि आयोजित निर्देशन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्वेदीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वको अवसरमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै कानुनले दिएको अधिकार प्रयोग गरी भरपर्दो, निष्पक्ष र विवादरहित वातावरण सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

उनले मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा निर्वाचन सुरक्षाका लागि थप खटिएका जनशक्तिलाई उच्च सतर्कता अपनाउन, अनुशासनभित्र रही जिम्मेवारी निर्वाह गर्न र नागरिकमैत्री व्यवहारमार्फत विश्वसनीय सुरक्षा वातावरण कायम गर्न आग्रह गरे ।

कार्यक्रममा सङ्गठनभित्र समन्वय, व्यावसायिकता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउने विषयमा समेत नीति निर्देशन दिइएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.