उदयपुरमा बस दुर्घटना अपडेट : १५ जना घाइते

डिसी नेपाल
११ फागुन २०८२ १५:१०
4.4k
Shares

विजयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता निरञ्जन थापाका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन्।

प्रवक्ता थापाले घाइतेमध्ये ६ जनालाई न्यूरो अस्पताल बिराटनगर रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल उदयपुरमा नै उपचार भइरहेको बताए।

त्रियुगा नगरपालिका ५ कुमारी चोककी २१ वर्षीया जेसिका बस्नेत, २३ वर्षीय रेशमा बस्नेत घाइते भएका छन्। उदयपुरगढी गाउपालिका ८ का १९ वर्षीय पवित्रा श्रेष्ठ, रौतामाई ७ का हरि बहादुर बस्नेत र उनका छोरा १७ वर्षीय तिलक बस्नेत घाइते भएका छन्। कटारी ४ का ५५ वर्षीया सोममाया परियार, कटारी ५ का ७८ वर्षीया दल बहादुर तामाङ घाइते भएका छन्। ताप्ली गाउपालिका ५ रुपाटरका २८ का सुवास नेपाल घाइते भएका छन्। ताप्लिकै २२ वर्षीया मनिका मगर, कटारी ४ सिम्लेका ३५ वर्षीया अनिता चौधरी घाइते भएका छन्।

यस्तै, उदयपुरगढी ५ का ७३ वर्षीया सोम माया तामाङ, उनकी नाति १० वर्षीय दिपेश तामाङ घाइते भएका छन्। कटारी ४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली ५ का ४० वर्षीय घाइते भएका छन्। कटारी ४ सिम्लेका १५ वर्षीय सुजन तामाङ घाइते भएका छन्।

बसका सहचालक कटारी नगरपालिका ३ का २७ वर्षीय नितेस बुढाथोकी घाइते भएका छन्।

प्रवक्ता थापाका अनुसार सडकबाट करिब ५० मिटर तल खसेको थियो। प्रहरीले चालक नियन्त्रणमा लिइएर अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *