अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्।
नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए। उनले राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने, अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन नसक्ने पनि बताए।
उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ। एमालेले देश पहिले भन्छ। देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तरगतका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ। राज्य संयन्त्रमाथि मात्रै जनता भरपर्यो भने, राज्य संयन्त्रमाथि मात्रै देशभक्त शक्तिहरु भर पर्यो भने, राज्य संयन्त्रमाथि मात्रै लोकतान्त्रिक शक्तिहरु भर परे भने, प्रगतिवादी शक्तिहरु भर परे भने देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरु राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन।’
साथै उनले नेकपा एमाले शान्ति चाहने र पहिले देश चाहने पार्टी भएको बताए। उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै घर, कार्यालय, संसद भवन र सर्वोच्च अदालत जलेको बताए।
उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै भने, ‘हाम्रा घर, कार्यालय, संसद र सर्वोच्च अदालत जले। सिंहदरवारमा आक्रमण भयो। नगरपालिका, गाउँपालिकाहरु, उद्योग र रोजगारीका अवसरहरु नष्ट भए। अब हामी कसैलाई पनि यस्तो अनुमति दिने छैनौं। सर्वोच्च अदालत, प्रहरी कार्यालय वा सिंहदरवारमा आक्रमण गर्न दिइने छैन।’







डिसी नेपाल







Facebook Comment