कांग्रेस एकता प्रक्रिया अघि बढाउन बिपी कांग्रेस राजी
धनगढी । नेपाली कांग्रेस (विपी)ले नेपाली कांग्रेससँग एकता प्रक्रिया अघि बढाउन तयार भएको जनाएको छ।
कांग्रेस (विपी) डडेल्धुराका पार्टीका सभापति भरत नेपालीले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेससँग एकता गर्न सकारात्मक रहेको बताएका छन्।
भ्रष्टाचार, संगठनगत अन्योल र जिल्लामा लोकतान्त्रिक व्यवस्थामा पार्टीको महत्वलाई ध्यानमा राख्दै नेपाली कांग्रेस (विपी)ले विगतका निर्वाचनमा पनि जनमत प्राप्त गरेको उल्लेख गरिएको छ।
‘पार्टी एकताको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि आइतबार नेपाली कांग्रेस डडेल्धुराले पार्टी एकताको आह्वान गर्दै सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तत्कालीन सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायतलाई सक्रिय योगदान दिन आग्रह गरेको थियो।
डडेल्धुरा जिल्लाका सभापति भीमबहादुर साउदले जारी गरेको विज्ञप्तिमा सबै नेता, कार्यकर्ता र सदस्यलाई साझा रणनीतिमा गोलबद्ध भएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरिएको थियो।
हाल यी सबै नेता नेपाली कांग्रेस (विपी) मा सक्रिय रहेका छन्।








डिसी नेपाल







Facebook Comment