पूर्वप्रधानमन्त्री नेपालद्वारा त्रिशूली बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री नेपालले आज एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन्। दुर्घटनामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार तथा प्रभावकारी उपचारका आग्रह गरे।
पूर्वप्रधानमन्त्री नेपालले पीडितपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए। धादिङको चरौँदी नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै १७ तथा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने घाइतेको उपचार भइरहेको जनाइएको छ।







डिसी नेपाल







Facebook Comment