नदीले बगाएर वृद्धाको मृत्यु
पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ।
मोदीवेणी धामामा बस्दै आएकी पर्वतको फलेवास नगरपालिका–९ भँगराकी ९७ वर्षीया वृद्धा सावित्री गिरीको मृत्यु भएको हो। आज कालीगण्डकी नुहाउन किनारमा पुगेकी वृद्धालाई नदिले बगाएको थियो।
नदीले बगाएलगत्तै उद्धारमा खटिएको सशस्त्र प्रहरी बल २५ नम्बर हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गर्दा झण्डै ४०० मिटर तल बगरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment