मौसम परिवर्तनको संक्रमणकाल : बढ्दो स्वास्थ्य जोखिम र अपनाउनुपर्ने सावधानी

डिसी नेपाल
१४ फागुन २०८२ ७:३२
116
Shares

काठमाडौं। जाडो मौसम बिस्तारै सकिँदै गर्मी सुरु हुने यो संक्रमणकालीन समय स्वास्थ्यका दृष्टिले संवेदनशील मानिन्छ।

बिहान चिसो, दिउँसो न्यानो र बेलुका पुन: तापक्रम घट्ने अवस्थाले मानव शरीरलाई वातावरणसँग अनुकूल हुन कठिन बनाउँछ। यही कारणले यस समयमा विभिन्न संक्रमणजन्य तथा दीर्घरोगसँग सम्बन्धित समस्या बढ्ने चिकित्सकहरू बताउँछन्।

यस समयमा रुघाखोकी, भाइरल ज्वरो, एलर्जी, दम, छालासम्बन्धी संक्रमण तथा पेटसम्बन्धी समस्या धेरै देखिने गरेको पाइन्छ। चिकित्सकहरूका अनुसार तापक्रमको तीव्र उतारचढावले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँदा भाइरस तथा ब्याक्टेरियाले सजिलै असर गर्न सक्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मौसम परिवर्तनको समयमा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्छन्। मन्त्रालयले विशेष गरी विद्यालय जाने बालबालिकामा भाइरल संक्रमण छिटो फैलिने भएकाले सरसफाइ, पौष्टिक आहार र आराममा ध्यान दिन आग्रह समेत गरेको छ।

कस्ता समस्या बढी देखिन्छन् ?

१. भाइरल ज्वरो र रुघाखोकी

तापक्रम परिवर्तनले घाँटी सुक्ने, नाक बग्ने, ज्वरो आउने र शरीर दुख्ने समस्या सामान्य हुन्छ। भीडभाड र धुलोका कारण संक्रमण छिटो फैलन सक्छ।

२. एलर्जी र दम

वसन्त ऋतु सुरु भएसँगै फूलको परागकण, धुलो र प्रदूषण बढ्ने हुँदा दम तथा एलर्जीका बिरामीमा समस्या झन् बढ्ने गर्छ।

३. पेटसम्बन्धी समस्या

मौसम न्यानो हुन थालेपछि खानपानमा लापरवाही हुँदा झाडापखाला, वान्ता, पेट दुख्ने समस्या बढ्न सक्छ। दूषित पानी र असुरक्षित खाना यसको मुख्य कारण हो।

४. छालासम्बन्धी संक्रमण

पसिना बढ्न थालेपछि फंगल संक्रमण, घाउ पाक्ने र एलर्जी देखिन सक्छ।

५. डिहाइड्रेसन र थकान

मानिसहरूले अझै चिसो मौसमकै बानी अनुसार पानी कम पिउने हुँदा शरीरमा पानीको कमी हुन सक्छ, जसले थकान, टाउको दुख्ने र कमजोरी बढाउँछ।

चिकित्सकहरूको सुझाव

ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल ले मौसम परिवर्तनको समयमा सानो लापरवाहीले पनि संक्रमण फैलन सक्ने भन्दै व्यक्तिगत सावधानीलाई नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय मान्छ।

चिकित्सकहरूले मौसमअनुसार कपडा प्रयोग गर्ने,पर्याप्त पानी पिउने र झोलयुक्त आहार खाने,फलफूल, सागसब्जी तथा पौष्टिक खाना खाने,धुलो र प्रदूषणबाट जोगिन मास्क प्रयोग गर्ने,बच्चा र वृद्धलाई तापक्रमको असरबाट जोगाउने लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउने सुझाव दिएको छ।

विशेषज्ञहरूका अनुसार नेपालजस्तो भौगोलिक विविधता भएको देशमा मौसम परिवर्तनको असर झन् छिटो देखिन्छ। त्यसैले यस समयलाई सामान्य मौसम परिवर्तन मात्र नभई स्वास्थ्य व्यवस्थापनको संवेदनशील अवधि मान्नुपर्ने उनीहरूको भनाइ छ।

स्वास्थ्य सचेतना, सरसफाइ र समयमै उपचार अपनाउन सके संक्रमणको जोखिम धेरै हदसम्म घटाउन सकिने चिकित्सकहरूको निष्कर्ष छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.