बाजुरामा नमुना मतदान
बाजुरा। बाजुरामा नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा नमुना मतदान गरिएको हो।
नमुना मतदानमा २५ पुरुष र १४ महिला गरि ३९ जनाले मतदान गरेका थिए। मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका हुन्। फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
नमुना मतदानमा मतदाता, प्रहरी परिचालन,राजनीतिक दलका प्रतिनिधि व्यवस्थापन, निर्वाचन कर्मचारीहरूको परिचालन,बुथ कब्जा नियन्त्रण लगायतको नमुना अभ्यास गराइएको थियो। नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने निर्वाचन अधिकारी भिम बहादुर शाहीले बताए।
बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्। १ हजार ४ सय बढि अस्थायी मतदाता छन्। यहाँ ११८ मतदान र १ अस्थायी मतदान केन्द्र रहेका छन्।
६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।
त्यस्तै मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत दिईएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तीन दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ।
फागुन १४ गते देखि १६ गतेसम्म सञ्चालन हुने तालिम मार्फत निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।







डिसी नेपाल







Facebook Comment