आर्थिक अनियमितताको आरोप लगाउँदै रास्वपाबाट १४ जनाको सामुहिक राजीनामा
काठमाडौं। प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिए पछि काठमाडौैं ५ को रास्वपामा पहिरो गएको छ।
बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्।
यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पु¥याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समीप घले र कवि थापा मगर छन्।
यसैगरी, वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभ सेढाइं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जीवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन्।
उनीहरू रास्वपाका पूर्व उम्मेदवार प्रणय राणा निकट मानिन्छन्। राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए। यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment