कुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन काठमाडौंमा रहेका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित भएका छन्।
शनिबार काठमाडौमा भेला भएका उनीहरुले काठमाडौं क्षेत्र नम्बर तीनमा बसोबास गर्ने दुई जिल्लाका मतदाताले सामूहिक अभियान चलाउने पनि प्रतिवद्धता जनाएका छन्। विहान भेला भएका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजिवी, स्थानीय मतदाताबीच अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ।
सो अवसरमा घिसिङसँग भेटघाट तथा निर्वाचन सम्बन्धमा छलफल गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment