एमाले अध्यक्ष ओलीलाई अभिनन्दन
दमक। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ।
विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ।
अभिनन्दनका क्रममा स्थानीय यहाँ आवश्यक विकासका बाँकी कामहरु पूरा गरि दिन समेत आग्रह गरे। यस्तै सोहि वडाको झोलुङ्गे पुल नजिक आयोजित कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे।
यहाँको भूमि सम्वन्धि समस्या समाधान समेत गरि दिन स्थानीयको माग थियो। ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment