गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने

डिसी नेपाल
१७ फागुन २०८२ १७:०९
8
Shares

बाजुरा। गृहमन्त्री ओमप्रकाश अर्याल बाजुरा आएका छन्। गृहमन्त्री अर्याल निर्वाचनको सुरक्षाका विषयमा जानकारी लिन बाजुरा आएका हुन्। जेनजी आन्दोलनपछि मन्त्री भएका अर्याल पहिलोपटक बाजुरा आएका हुन्।

फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री अर्याल र जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मीबीच छलफल गरिएको थियो।

छलफलका क्रममा गृहमन्त्री अर्यालले आफू चुनावी सरकारमा रहेकाले बाजुरा मात्र नभई देशैभरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरिने बताएका हुन्। बाजुरामा विगतका जस्ता घटना घट्न नदिन सुरक्षा व्यवस्था मजबुत पारिने बताए।

उनले बाजुरालाई संवेदनशील जिल्लाको रुपमा राखिएकोले निर्वाचन, निष्पक्ष र धाँधली रहित हुनेमा विश्वस्त रहन आग्रह गरे। समग्र जिल्लाको निर्वाचन सुरक्षाबारे आफूले जानकारी लिएको र सोही अनुरुप सुरक्षा व्यवस्था मिलाइने बताएका हुन्।

साथै उनले राज्य संयन्त्रले मात्रै निर्वाचन सफल नहुने हुँदा सम्पुर्ण जिल्लाबासी नागरिकले आफ्नो जिल्लाको निर्वाचन आफैं सफल पार्न लाग्नुपर्ने कुरामा जोड दिए।

उनले भने, ‘निर्वाचनलाई धाँधली रहित बनाउन आवश्यक छ। बाजुरामा विगतका जस्ता घटना घटेको सुन्न नपाईयोस्। कानुन कार्यान्वयनमा हामी खुट्टा टेक्छौँ। नियमको पालना गर्ने नागरिकले गर्नुपर्छ।’

त्यस्तै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगामी निर्वाचन जस्ता घटना यो निर्वाचनमा नघट्ने प्रष्ट पारे। साथै उनले जिल्लामा निर्वाचनको तयारी करिव अन्तिम चरणमा पुगेको बताएका हुन्। निर्वाचनलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए।

गृहमन्त्री अर्यालसंगै प्रहरी महानिरिक्षक दान बहादुर कार्कीसहित गृह सचिव सहितको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.