मकवानपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

डिसी नेपाल
१७ फागुन २०८२ १७:३८
24
Shares

हेटौंडा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा आइतबार मकवानपुरका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई मतपेटिका सहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गर्न लागिएको छ।

मकवानपुरका दुई वटा निर्वाचन अधिकृतको कार्यालयले मतदानको दिन प्रयोग हुने सम्पूर्ण सामाग्री सम्बन्धित मतदान अधिकृत र सहायक अधिकृतलाई जिम्मा लगाउने कार्यक्रम तय गरेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले बताए।

मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, छाप, फाराम, स्टेशनरी लगायतका सामग्री व्यवस्थित रूपमा तयारी गरी हस्तान्तरण गर्न लागिएको हो।

निर्वाचन तालिका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य सहयोगी कर्मचारीहरू भोलिसम्म आ–आफ्ना तोकिएका मतदान केन्द्रमा पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ।

यससँगै जिल्लाभरका सबै मतदान केन्द्रहरूमा निर्वाचनका लागि आवश्यक पूर्वतयारी पूरा हुने अपेक्षा गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापनलाई तीव्रता दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सामग्री हस्तान्तरणसँगै मतदान केन्द्रतर्फ कर्मचारीहरूको प्रस्थान सुरु हुने र अन्तिम तयारी समेत पूरा गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.