बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

डिसी नेपाल
१८ फागुन २०८२ १६:५४
3.8k
Shares

सर्लाही। बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पासवानसहित सयौँको सङ्ख्यामा कांग्रेसमा प्रवेश गरेका हुन्।

उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन्। सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितका नेता नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

चुनावको केही दिनअघिमात्र पार्टी प्रवेश गरेसँगै कांग्रेस थप बलियो भएको छ। उक्त क्षेत्रमा सभापति थापा नै उम्मेदवार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.