कविता : साइबर संसारको सर्कस
स्क्रीनको सन्तान
पासवर्डको पर्खालभित्र लुकेका अपराधी
ह्याकिङ हावा जस्तै
अनामिक, अन्धकार, आक्रमक
“लिंकमा क्लिक गर” भन्छ।
फेक आईडी, भूतिया प्रोफाइल
सोसल मिडियाको माछा-बजार
झुटो झेल
मेलमिलाप
निजी फोटो
अब्ब्ल्याकमेलको बिक्री
साइबर संसारको नयाँ साँझ
डाटा डुब्छ, डिजिटल नदीमा
र हामी
प्रविधिको पागलपनको पार्टी।
अन्तर्राष्ट्रिय अपराधीको अड्डा
एक क्लिकमा छिमेकमा
एक ‘एटीएम’मा
एक पोस्टमा
एक ई-मेलमा
अनलाइन ठगी, फिसिङ, र्यानसमवेयर,
हामी सुन्दै छौँ
तर कार्यवाही त सुतिरहेको जस्तो
साइबर संसार,
सुरक्षित जस्तो देखिने जाल,
तल
प्रविधिको पोखरी
हाम्रो गोप्यता
ह्याकरको हतियार।
केही परिवर्तन नआउने
हाम्रो डिजिटल अनुशासन
बलियो पासवर्ड, सतर्क क्लिक
सबैभन्दा ठूलो कवच
सजगता, विवेक र चेतना
हामी स्क्रीनमा हाँस्दै छौँ,
हाम्रो डेटा, हाम्रो सम्मान,
हाम्रो भविष्य
साइबर सर्कसमा फसेको बन्दी।















Facebook Comment