कञ्चनपुर-२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवारले पार्टी त्यागेर रास्वपालाई समर्थन
काठमाडौं । कञ्चनपुर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र बहादुर साउदले मतदानको अघिल्लो दिन पार्टी त्यागेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेका छन् ।
परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने निर्णय गरेको उनले बताए । उनले आजैका मितिदेखि आफू उज्यालो नेपालबाट अलग भएको बताउँदै आफ्नो समर्थन रास्वपालाई नै हुने उनले प्रष्ट पारे ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment