बाँकेका सहायक सिडिओ गुरुङद्वारा भुवार भवानी मावि मतदान स्थलको अनुगमन
बाँके। जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले राप्तिसोनारी गाउँपालिका–५ स्थित भुवार भवानी माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान स्थलको अनुगमन गरेका छन्।
भोलि (फागुन २१) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राप्तिसोनारी गाउँपालिका–५ स्थित भुवार भवानी माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान स्थलको अनुगमन गरेका हुन्।
उक्त मतदान स्थलमा तीन वटा मतदान केन्द्र रहेकोमा आवश्यक तीनवटै बुथ तयारी अवस्थामा राखिएको छ। निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रशासनले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment