रामेछापमा निर्वाचनको सबै तयारी पूरा, २३० मतदान केन्द्रमा बुथ तयार
रामेछाप। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबै मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान स्थलको तयारी गरेका छन्।
जिल्लाका ९६ मतदान स्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा मतदानको लागि बुथहरू तयार भएका छन्। यस पटकको निर्वाचनका लागि जम्मा १ हजार ३ सय ७४ कर्मचारी परिचालन गरिएका छन्। तीमध्ये ३७ जना मतदान अधिकृतसहित ४ सय ४९ जना महिला कर्मचारी रहेका छन्।
जिल्लाका ४१ मतदान स्थललाई अति संवेदनशील, ३५ लाई संवेदनशील र २० मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।
ती मतदान स्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई आवश्यकताअनुसार परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment