रामेछापका मतदातामा उत्साह, मतदानको अघिल्लो दिन पनि घर फर्कने क्रम जारी
रामेछाप। भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापका मतदाताहरूमा उल्लेख्य उत्साह देखिएको छ। मतदानको अघिल्लो दिनसमेत घर फर्किने मतदाताहरूको भिड देखिएको हो।
कामको सिलसिलामा काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका मतदाताहरू ठूलो सङ्ख्यामा गृहजिल्ला फर्किएका छन्। विशेषगरी काठमाडौंबाट बस रिजर्भ गरेर समूहगत रूपमा गाउँ फर्किनेको सङ्ख्या उल्लेख्य देखिएको छ भने आफ्नै सवारी साधन प्रयोग गरी घर फर्कनेहरू पनि प्रशस्तै छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन्। रोजगारी तथा अध्ययनका कारण राजधानी तथा अन्य शहरमा बस्दै आएका मतदाताहरू निर्वाचनका लागि गाउँ फर्किँदा स्थानीय बस्तीहरूमा उत्साह र चहलपहल बढेको छ।
गाउँघरमा आफन्त तथा छिमेकीसँगको भेटघाट बढेसँगै निर्वाचनलाई लिएर उल्लासमय वातावरण बनेको स्थानीयहरूले बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment