झापामा बालेनको हेलिकप्टर ल्याण्ड हुन सकेन
काठमाडौं । आफूले काठमाडौंमा बिहानै मतदान गरेर आफू उम्मेदवार रहेको क्षेत्र झापा ५ गएका रास्वपा बरिष्ठ नेता बालेन शाह झापामा अवतरण गर्न सकेनन् । उनी चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ ।
हेली एभरेस्टको नाइन एन एओबी उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो । खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment