प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

डिसी नेपाल
२१ फागुन २०८२ ११:३३
288
Shares

झापा। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ।

कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन्।

मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो। सोही अनुसार नै मत खसेको उनले बताए। उनले मतपेटिका ‘सिल’ गरिसकिएको समेत जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *