सर्लाहीको बलरा मतदान केन्द्रमा विवाद, ढुंगामुढापछि केही बेर रोकिएको मतदान पुन: सुरु

डिसी नेपाल
२१ फागुन २०८२ १२:३४
48
Shares

सर्लाही। सर्लाहीको बलरा नगरपालिकास्थित एक मतदान केन्द्रमा प्रतिनिधिबिच विवाद हुँदा ढुंगामुढा भएको छ। विवाद बढ्दै गएपछि केही समयका लागि केन्द्रको अवस्था तनावपूर्ण बनेको थियो।

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबिच बिहानैदेखि सामान्य विवाद सुरु भएको थियो। पछि विवाद चर्किँदै जाँदा दुवै पक्षबिच ढुंगामुढा हुन पुगेको हो।

विवादका कारण करिब आधा घण्टासम्म उक्त केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको थियो। पछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरू घटनास्थलमा पुगेर अवस्था सामान्य बनाएपछि मतदान पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *