काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

डिसी नेपाल
२१ फागुन २०८२ १८:२९
640
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ। काठमाडौंको क्षेत्र नम्बर १ को मतगणना सहकारी विभागमा हुँदैछ।

त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को २ को ज्येष्ठ नागरिक कार्यालयमा गणना हुँदैछ।

क्षेत्र नम्बर ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नम्बर ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ।

क्षेत्र नम्बर ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौं, क्षेत्र नम्बर ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नम्बरे १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.