काठमाडौं क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

डिसी नेपाल
२२ फागुन २०८२ ३:१५
452
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नं ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गरेका छन् भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिए।

त्यसैगरी, काठमाडौ क्षेत्र नं ८ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म मतगनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन्।

उनले एक हजार ७२४ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए। यहाँको मतगणना नागार्जुन नगरपालिकाको कार्यालयमा भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.