चितवन-२: एमालेलाई उछिन्दै रविले लिए अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ ६:१८
1.8k
Shares

चितवन। चितवन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्।

सुरुवाती चरणमा पछाडि परेका लामिछानेले पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका हुन्।

ताजा विवरण अनुसार लामिछानेले १ हजार १ सय ५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घिमिरे ९ सय ८ मतमा सीमित भएका छन्। लामिछाने र घिमिरेबीचको मतान्तर २ सय ५० पुगेको छ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ ७ सय ७५ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार मिनाकुमारी खरेल ५ सय ३९ मत ल्याएर चौथो स्थानमा रहेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *