झापा पाँचमा ओली भन्दा बालेन दोब्बर मतले अगाडि

डिसी नेपाल
२२ फागुन २०८२ ६:४२
5.7k
Shares

काठमाडाैं। झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन्। हालसम्मको परिणाम अनुसार शाह र ओलीबिचको मतान्तर निकै बढी देखिएको छ।

निर्वाचन कार्यालयका अनुसार बिहान ६ बजेसम्म जम्मा १४ सय मत गणना भएको छ। शाह र ओली दुवै प्रधानमन्त्री पदका उम्मेदवार समेत रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.