यस्तो छ, शुक्रबार तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३५ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, बन्दा (नरिवल) २५ रुपैयाँ, काउली (स्थानीय) २५ रुपैयाँ, काउली (तराई) २५ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ७५ रुपैयाँ र भन्टा डल्लो ८० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (लोकल) ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) ६० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ७० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) १० रुपैयाँ, हरियो फर्सी (डल्लो) १० रुपैयाँ, सलगम ५० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ ।
समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ३० रुपैयाँ, चमसुर ६० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बकूला प्रतिकिलो ४५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) ६० रुपैयाँ, च्याउ (डल्ले) २५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ८० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।
यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार २८० रुपैयाँ, अंगुर (हरियो) १८० रुपैयाँ, अंगुर (कालो) २८० रुपैयाँ, सुन्तला (नेपाली) १२० रुपैयाँ, तरबुजा (हरियो) ६० रुपैयाँ, मौसम १२० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४० रुपैयाँ, काँक्रो (लोकल) ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) ५० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १०० रुपैयाँ निर्धारण गरिएको छ ।







डिसी नेपाल







Facebook Comment