मनाङमा मतगणना सुरु
मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ। सेनाको हेलिकप्टरमार्फत् नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटिका ल्याएपछि मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठक पछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। मनाङमा ५४.८० प्रतिशत मत खसेको छ । यहाँ कूल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ।
महिला एक हजार ४०६ र पुरुष एक हजार ७५८ ले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment