एमाले महासचिवले दिए बालेन शाहलाई शुभकामना

डिसी नेपाल
२३ फागुन २०८२ ११:१८
3.0k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्।

दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्।

‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’, उनले भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीका उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसहित निर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन्। पोखरेलले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको पनि बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *