महावीर पुनपछि अर्का स्वतन्त्र उम्मेदवारको अग्रता

डिसी नेपाल
२३ फागुन २०८२ ११:४४
8.1k
Shares

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जितेलगत्तै अर्का स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका हुन् ।

कपिलवस्तु १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता लिएका हुन् । उनले ९ हजार ८१७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका ९ हजार ६८७ मत पाएका छन् । नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले ८ हजार ९४२ मत पाएका छन् ।

आशिष शर्मा नेपाली कांग्रेसका बागी उम्मेदवार हुन् । उनी पूर्वमन्त्री तथा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । उनलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेसले उपाध्यायका बाबु-छोरासहित १९ जनालाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.