कांग्रेस रूपन्देहीका उपसभापतिको राजीनामा

डिसी नेपाल
२३ फागुन २०८२ १३:४५
68.8k
Shares

काठमाडौं । नेपाली कांग्रेस रूपन्देहीका उपसभापति थानेश्वर घिमिरेले राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू पराजित भएपछि घिमिरेले पदबाट राजीनामा दिएका हुन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै घिमिरेले हारको नैतिक जिम्मेवारी लिँदै पद त्यागेको घोषणा गरेका हुन्। घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले दिएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यका रूपमा संगठनलाई सुदृढ बनाउन निरन्तर लागिपर्ने विश्वास दिलाउन चाहन्छु। मेरो राजीनामा स्वीकृत गर्न अनुरोध गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *