सरकारजे जेन-जी आन्दोलनका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने

डिसी नेपाल
२४ फागुन २०८२ १३:१७

काठमाडौं । सरकारले गत २३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सके पूरै दस्तावेज सार्वजनिक गर्ने र यदि त्यो सम्भव नभए प्रतिवेदनको निचेडमात्र भए पनि सार्वजनिक गर्ने बताएकी छिन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सार्वजनिक गर्ने काम आफ्नै सरकारले गर्ने पनि बताइन् । आइतबार सिंहदबरस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुझाएको प्रतिवेदन बुझ्दै प्रति‍वेदन सार्वनिक गर्ने विषयमा आफूहरुले छलफल गर्ने बताइन्। ‘हामीले प्रतिवेदन सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ’, उनले भनिन्।

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष कार्कीले भने ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.