मुगुमा कांग्रेसका खड्ग शाही विजय

डिसी नेपाल
२४ फागुन २०८२ १६:०१
36
Shares

मुगु। मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायालाई ११९६ मतले पछि पार्दै शाही विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाए।
तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५ सय ३० मतसहित चौथो भएका छन्।

मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले २ सय ३ नेकपा माओवादीका उम्मेदवार रंगबिर परियारले २८० पाएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन्। यसैबिच मुगुमा ३६ हजार ३१ मतदाता मध्ये २२ हजार ७१ मत खसेको थियोे। जसमा ८ सय ४६ मत बदर भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *